नियम ६५
हुलाकमार्फत पैठारी भएको मालवस्तु भन्सार कार्यालयमा दाखिला गर्नु पर्ने
(१) हुलाकमार्फत कसैको नाममा पुलिन्दाबाट कुनै मालवस्तु आएमा सम्बन्धित हुलाक कार्यालयले पुलिन्दा पाउने व्यक्तिलाई सो कुराको सूचना दिई सो पुलिन्दा नजिकको स्थानीय भन्सार कार्यालयको भन्सार अधिकृत समक्ष पठाउनु पर्नेछ ।
(२) कसैले नेपालको हुलाकबाट विदेशमा पुलिन्दाद्वारा मालवस्तु निकासी गर्न चाहेमा नजिकको स्थानीय भन्सार कार्यालयको भन्सार अधिकृतबाट जाँचपास गराएको प्रज्ञापनपत्रसाथ ल्याएमा मात्र हुलाकले त्यस्ता पुलिन्दा वुझी चलान गर्नु पर्नेछ ।